आन्तरिक लेखा परीक्षण तालिम सम्पन्न ।

कलंकी । नेफ्सकून कास्कून साझेदारी कार्यक्रम मिति २०८० चैत्र २२ र २३ गते दुई दिवसीय आन्तरिक लेखा परीक्षण तालिम सम्पन्न भएको छ ।

तालिम समापन समारोहमा कास्कूनका श्रद्धाय अध्यक्ष श्री दिपक पनेरुज्यूको अध्यक्षता, कलंकी सदस्य सेवा कार्यालय ब्यवस्थापन उपसमिति सदस्य श्री दामोदर लम्साल र शिक्षा उपसमिति सदस्य श्री सरिता देवी श्रेष्ठ को आतिथ्यता रहेको थियोे ।

समापन सत्रमा मन्तव्य राख्नु हुँदै श्रेष्ठले वर्तमान अवस्थामा सहकारीहरुले भोग्नुपरेको समस्यामा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र व्यवस्थापन एकजुट भयर संस्था संरक्षण गरि सुशासित विधिमा संचालन गर्नुपर्ने धारणा राख्नु भएको थियो।

कार्यक्रममा अतिथि लम्सालले सहकारी संचालनमा शिक्षा तथा तालिम महत्त्वपूर्ण रहेको हुदा कास्कूनले बिबिध विषयका तालिम आयोजना गरेको र संस्थानहरुको सकृयता रहेको बताउनु हुँदै यस तालिमले संस्थाको जोखिम न्यूनीकरणमा विशेष भुमिका रहने बताउनु भएको थियो ।

तालिमको विषयमा रहेर मन्तव्य राख्नु हुँदै पनेरुज्यूले आन्तरिक लेखा परिक्षण लेखा सुपरिवेक्षण समितिको मुख्य कार्य रहेको हुदा संस्थालाई सबल, सक्षम, सुरक्षित, दिगो संस्था पहिचान र ब्यवस्थित गराउन संचालक समिति, उपसमितिको काम कर्तव्यमा सहकारी ऐन कानुन नीतिको पुर्ण पालना भए नभएको सुक्ष्म निरीक्षण गरि सुझाब दिनुको साथै ब्यवस्थापनको कार्य आर्थिक तथा प्रशासनिक गतिविधिको पुर्ण निरीक्षण गर्न अनुरोध गरि प्रत्येक चौमासिकमा प्रतिवेदन तयार गर्न अनुरोध गर्नुभएको थियो । यस तालिम संस्थाका लेखा सुपरिवेक्षण समिति, कोषाध्यक्ष, ब्यवस्थापक र कर्मचारीमा विशेष गरी जानकार रहनुपर्ने बताउदै तालिममा उपस्थित सबैलाई धन्यवाद दिँदै आफूले सिकेका कुरा व्यवहारमा लागु गर्न अनुरोध गर्दै संदेश मुलक भनाइ राखी मार्ग निर्देशन गर्नुभएको थियो ।

तालिममा सहभागी प्रतिनिधिहरुलाई अतिथिहरूले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त दुई दिवसिय तालिमको सहजीकरण श्री अनिल वीर बज्राचार्यले गर्नुभएको थियो । कास्कूनकी लेखा अधिकृत सविना न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा ब्यवसाय सहायक अनुज मगरको उपस्थिती रहेको थियो ।

कलंकी, पर्ल्स अनुगमन प्रणालि तालीम  सम्पन्न

 कास्कून सेवा कार्यलय कलंकीकाे आयोजना र नेफ्स्कूनको साझेदारीमा २०८० फल्गुण १० र ११ गते दुई  दिवशीय पर्ल्स अनुगमन प्रणालि तालिम सम्पन्न भएको छ । तालिम समापन समारोह कास्कूनका अध्यक्ष श्री दिपक पनेरुज्यूको अध्यक्षता रहेको थियोे ।

समापन सत्रमा तालिमको विषयमा रहेर मन्तव्य राख्नु हुँदै संघका अध्यक्षज्यूले पर्ल्स प्रणालिले संस्थाको बित्तीय स्थिती मापन हुने हुदा संस्थामा संचालक समिति लेखा सुपरिवेक्षण समिति , ऋण उपसमिति र व्यवस्थापन अनिवार्य रुपमा पर्ल्स प्रणालिमा जानकार रहन अनुराेध गर्नुभएको थियोे । पर्ल्स अनुगमन प्रणािलले संस्था को वास्तविकता पहिचान हुने हुदा संस्थामा महत्त्वपूर्ण विधि को प्रयोगमा लागु  गर्न अनुरोध गर्नुका साथै   संस्थाको लक्ष्य प्राप्ति , संस्थाको वृद्धि बिकास ,सुरक्षात्मक  सुसाशित संस्था  का लागि मासिक रुपमा पर्ल्स प्रतिबेदन तयार गर्न आग्रह गर्नुभएको थियो ।

तालिममा उपस्थित सबैलाई धन्यवाद दिदै आफूले सिकेका कुरा व्यवहारमा लागु गर्न अनुरोध गर्दै संदेश मुलक भनाइ राखी मार्ग निर्देशन गर्नुभएको थियो ।

तालिममा सहभागी प्रतिनिधिहरुलाई संघका अध्यक्ष र सहजकर्ता ले संयुक्त रुपमा प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

उक्त दुई दिवसिय तालिमको सहजीकरण सहकरी प्रशिक्षक श्री सचिन भट्टराईले गर्नुभएको थियो भने संघका लेखा अधिकृत  सविना न्यौपानेले  संचालन   गर्नुभएको थियोे साथै  कार्यक्रममा सेवा कार्यलय कलंकिका ब्यवसाय सहायक अनुज मगरको पनि उपस्थिती रहेको थियो ।

सामाखुसीमा नगद परिचालकहरुको क्षमता विकास तालिम सम्पन्न

ल्गुण १७, काठमाडौं । कास्कूनले एक दिवशीय नगद परिचालकहरुको क्षमता विकास तालिम सम्पन्न गरेको छ । नेफ्स्कून–कास्कून साझेदारी कार्यक्रम अनुरुप काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८० फल्गुण १७ गते सामाखुसी, काठमाडौंमा संचालित तालिममा २७ जनाको सहभागिता रहेको थियो । 

समापन सत्रमा संघका उपाध्यक्ष विनिता अधिकारीज्यूको अध्यक्षता, कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारी, व्यवसाय सहायक बिश्वास पौडेलको उपस्थिती रहेको थियो ।

समापन सत्र मन्तव्य राख्दै व्यवस्थापकज्यूले नगद परिचालक वित्तीय संस्थाको यस्तो कर्मचारी हो जो सबै भन्दा पहिला र धेरैपटक सेवाग्राहीसँग भेट गर्दछ र उनिहरुका व्यवहार झेल्दछ । साकोसहरुको आवश्यकता समाधान केन्द्रको रुपमा जिल्ला बचत संघलाई लिन र सोही अनुसार आवश्यक सहयोग संघसँग माग गर्नु हुन अनुरोध गर्नुभयो । साथै सहभागीहरुलाई आवश्यक पर्ने तालिमहरु कास्कूनका कार्यालयहरु मार्फत माग गर्न समेत अग्रह गर्दे तालिममा सिकेका कुराहरुलाई साकोसमा लागु गर्न अनुरोध गर्नुभयो ।

 तालिम समापन सत्र मन्तव्य राख्दै अध्यक्ष अधिकारीले तालिममा सहभागीहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै सदस्य सम्बन्धलाई महत्व नदिने संस्थाले आफ्नो वृद्धि गर्न सम्भव छैन, सदस्य सम्बन्धलाई महत्व नदिने संस्था दिगो हुनै सक्दैन तसर्थ सदस्यहरुको लगानीको बचत र प्रतिफलका लागि सुशासन युक्त साकोस निर्माण गर्ने सहकारीका सबै पक्षले जिम्मेवारीलाई आत्मसाथ गरी लाग्नु पर्ने बताउँदै तालिमबाट सिकेका कुराहरु प्रभावकारी बनाउनका लागि त्यसको कार्यान्वयन नै महत्वपूर्ण स्थान रहेको भन्दै कार्यान्वयनका लागि शुभकामना दिँदै तालिम कर्मचारीहरुको क्षमता विकासमा महत्वपूर्ण रहँदै आएको चर्चा गर्नुभयो साथै सहजकर्ता र सहभागी सबैलाई धन्यवाद दिँदै तालिम समापन भएको बताउनु भएको थियो ।

 कार्यक्रममा अतिथिज्यूहरुले संयुक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । तालिमको सहजीकरण संघका तालिम अधिकृत लव सिंखडाले गर्नुभएको थियो भने संचालन गोंगबु सेवा कार्यालय प्रमुख दिनेश रोक्काले गर्नु भएको थियो ।

कर्बस उपत्यका समूहको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न ।

मिति २०८०/माघ/१८ गते बिहिबारका  याङरिमा साकोस गोकर्णेश्वोर ६ नारायणटार काठमाडौको आयोजनामा  कर्बस उपत्यका  समुहको १४ औ कार्यकुशलता तथा सिकाइ व्यस्थापन  व्यस्थापन कार्यशाला 14th PALM Workshop कार्यक्रम याङरिमा  हिल सिटी होटेल जोरपाटीमा  सम्पन्न भएको छ।आयोजक याङरिमा साकोसका अध्यक्ष श्री  निर्मल कुमर बन्जाराको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति  नेफ्स्कून अध्यक्ष श्री चन्द्र प्रसद ढकाल, विशेष अतिथि कास्कूनका अध्यक्ष श्री दीपक पनेरू  तथा  कास्कूनका व्यवस्थापक श्री अरुण कुमार तिवारी अतिथि रहनु  भएको थियो ।

कार्यक्रमकको अतिथि तिवारीले उपस्थित सम्पुर्णमा धन्यवाद दिदै  कर्बस  कार्यक्रमको महत्व र यो कार्यक्रममा आवद्ध भए पश्चात संस्थाको जोखिम विश्लेषण , वित्तीय र सुशासन पाटोमा आउने सुधारका विषय समेटेर विशेष गरि संचालन जोखिम रहेर हाल संस्था संचालनमा आउने समस्या र निराकरण उपायहरु बारे आफ्नो धारणा राख्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि पनेरुले कार्यक्रममा उपस्थित सम्पुर्ण साकोसका प्रतिनिधिहरु प्रति  हार्दिकता प्रकट गर्दै, सहकारी अभियानमै देखिएको समस्या न्यूनीकरण गर्न  स्तरीकरण  कार्यक्रमहरुले सहजीकरण गर्ने जानकारी गराउदै, नेफ्स्कून द्वारा जिल्ला संघको साझेदारीमा संचालित  CURBS कार्यक्रमको पृष्ठभुमि बारे जानकारी समेत  गराउनु भएको थियो। अध्यक्ष पनेरूले यो कार्यक्रम पुर्ण रुपमा सुशासन सङ सम्बन्धित भएको कारण स्वनियमन्मा नरहने संस्थाहरुलाई  असहज र झन्झटिलो लाग्नु स्वभाविक हो र यस बाट बाहिरिएर समस्या समाधान हुने हैन झन समस्या  सृजना हुने हुदा, आबद्ध सम्पुर्ण संस्थाहरुलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको थियो ।

तेस्तै नेफ्स्कूनका अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि ढकालले उद्घाटन सत्रमा सहभागी संस्थाका प्रतिनिधिहरुले सहकारी संचालनमा परेका समस्या सहित राखेका जिज्ञासाको जबाफ दिदै यस्तो असल  सिकाइ  तथा संस्था संचालन  असल अभ्यासहरु साटासाट गर्ने  खालको कार्यक्रमले  कार्यक्रमको  आवस्यकता रहेको बताउदै, हाल सहकारी अभियानमा देखा परेका संकट निराकरण गर्ने बताउदै  आगामी दिनमा सबै संस्थाहरुले सदस्य केन्द्रित योजना तयार गरि सदस्य माझ जनु पर्नेमा जोड दिनु भयो । 

कर्बस उपत्यका  समुहमा आबद्ध काठमाडौंका आयोजक याङरिमा, नवदिप ज्योती महिला उत्थान , गितानञ्जली महिला, हाम्रो समावेशी, शिवम  र औधोगिक  साकोस गरि ६ वटा  र नालाछाप प्रगतिशील  साकोस गरि  जम्मा  सात वटा साकोसका  प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

आयोजक संस्थाको सचिव  पासाङ नोर्बु लामाले संचालन गर्नु भएको  कार्यक्रमको  सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सन्दिप राज ढकाल र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले संयुक्त रुपमा गर्नु भएको थियो ।

 

सुशासनयुक्त साकोस निर्माणमा सबै लाग्नुपर्छ

चैत्र २, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को आयोजना र नेफ्स्कूनको साझेदारीमा २०८० चैत्र २ गते साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न भएको छ । नेफ्स्कून तालिम हल चाबहिलमा संचालित कार्यशालामा संघकी उपाध्यक्ष बिनिता अधिकारीको अध्यक्षता र नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीको सहजीकरण रहेको थियो भने सदस्य सेवा कार्यालय चाबहिलकी ईन्चार्ज राधा कुमारी पोखरेल तथा कास्कूनका व्यवसाय सहायक बिश्वास पौडेलको समेत उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएकी अधिकारीले सहकारी ऐन, नियमावलीमा आधारित भई संस्थाको विनियम र आन्तरिक कार्यविधि मार्फत संस्थालाई संचालन गर्नुपर्ने र सहकारी सिद्धान्तको व्यावहारिक प्रयोगमा लाग्नु पर्ने बताउनुभयो । सदस्यहरुको बचतको सुरक्षा गरी प्रभावकारी ऋण परिचालन मार्फत स्थानीय उद्यमशीलता र रोजगारी प्रवद्र्धनको माध्यमबाट वित्तीय जीवन सुरक्षित र समृद्ध बनाउन उहाँले आग्रह गर्नुभयो । सदस्यहरुको लगानीको बचत र प्रतिफलका लागि सुशासन युक्त साकोस निर्माण गर्ने संस्थाका सबै पक्षले जिम्मेवारीलाई आत्मसाथ गरी लाग्नु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा नेफ्स्कूनक चाबहिल सदस्य सेवा कार्यालयकी इन्जार्च पोखरेलले सहकारीका जोखिमका क्षेत्रहरुको विश्लेषण र समाधानका उपायहरु समेत पहिचान गर्ने कार्यक्रम रहेकोले यसलाई विशेष बनाउन सहभागीहरुसमक्ष अनुरोध गर्नु भएको थियो ।

सहभागी साकोसहरुबाट प्राप्त विवरणहरुका आधारमा संस्थाको जोखिमस्तर पहिचान गर्नुका साथै आगामी रणनीतिका विषयमा नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनालीले सहजीकरण गर्नुभएको थियो ।