व्यवस्थापनको प्रतिबद्धता

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को व्यवस्थापनमा उपस्थितीको हिसाबले ६ वर्षे अनुभव प्राप्त भएको छ । संघले व्यवसायिकताको अभ्यास सुरु गरेदेखि नै जिल्लामा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई संघमा आवद्ध गराई वित्तीय तथा गैह्र वित्तीय सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

संघले हाल ५ वर्षे रणनीतिक योजना निर्माण गरी चालु आर्थिक वर्षबाट कार्यान्वयन भईरहेको छ । व्यवस्थापन प्रमुखको हैसियतमा म संघले सदस्य संस्थाहरुका लागि वित्तीय तथा गैर वित्तीय सेवा मार्फत संस्थागत सक्षमता प्रदान गर्ने कुरामा विश्वस्त गराउन चाहन्छु । हामीलाई विश्वास छ संघले उपलब्ध गराउने बचत र ऋणका सेवा तथा उत्पादनहरु, विषयगत तालिम तथा शिक्षा, योजना निर्माण तथा नीति कार्यविधि निर्माणको प्राविधिक सहयोगले संस्थाको सक्षमता विकासको जगमा इटा थप्ने छ ।

कास्कून व्यवस्थापन निम्न विषयहरु प्रति प्रतिवद्ध रहेको छ
•  समानता (Equality):
    सदस्य संस्थाहरुलाई भेदभावरहित ढंगबाट सेवा प्रदान गरिनेछ ।
• इमान्दारीता (Honesty):
   सदस्य संस्थाहरुको बचतमा उचित व्याज प्रदान गरी त्यसको सहि सदुपयोग र सुरक्षा प्रदान गरिनेछ ।
  • जवाफदेहिता (Accountability):
    संघमा भएका सम्पूर्ण गतिबिधिहरु र कारोवार सम्वन्धि संचालक समिति, सदस्यहरु तथा नियमनकारी निकायप्रति जवाफदेहि हुनेछन् ।
  • सिर्जनशीलता (Creativity) :
    नयाँ नयाँ प्रबिधिहरु, उत्पादनहरुको सिर्जना तथा प्रयोग गरी सदस्य संस्थाहरुलाई छिटो छरितो सरल र सुलभ ढंगबाट सेवा प्रदान गरिनेछ।
  • पारदर्शिता (Transparency):
    संघको वित्तीय स्थितिबारे सदस्यहरु र नियमकारी निकायहरुमा जस्ताको तस्तै जानकारी गराईनेछ ।
  • सहभागीतामूलक (Participatory) :
    संघले गरेका विभिन्न उत्पादन तथा सेवाहरुमा सदस्यहरुलाई सहभागी गराउनुका साथै संघको महत्वपुर्ण निर्णयहरु वार्षिक साधारणसभावाट सम्पूर्ण सदस्यहरुको सहभागीतामा गरिनेछ ।
  • व्यवसायीकता (Professionalism):
    संघलाई पूर्ण रुपमा विधिसंवत रुपमा संचालन गरी गुणस्तरीय सेवा प्रदान गरिनेछ ।
  • गोपनीयता (Privacy):
    संघमा भएका संस्थाहरुको कारोबारको विवरण पूर्ण रुपमा गोपनीयता कायम गरिनेछ ।

तपाईहरुलाई कास्कून परिवारको एक महत्वपूर्ण सदस्यको पाउँदा अत्यन्तै खुसी लागेको छ । जिल्लाको साकोस अभियानको विकासका लागि यहाँहरुको योगदान, लगनशिलता र सक्रियता प्रति हार्दिक आभार व्यक्त गर्दछु । संघका सम्पूर्ण सदस्य संस्थाहरु, सरोकारवाला तथा नियामक निकायहरु, मार्गदर्शक संघहरु र तहगत सरकारहरुको मार्गदर्शनबाट हामी आगामी दिनहरुमा अझ सक्षम, सवल हुँदै गुणस्तरीय सेवा प्रदायक उत्कृष्ट संघ हुन सक्ने छौ भन्ने विश्वास व्यक्त गर्दछु ।

 

भवदीय,

अरुण कुमार तिवारी

व्यवस्थापक