कलंकीमा जोखिम विश्लेषण कार्यशाला गोष्ठी :

बैशाख २१ काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को आयोजना र नेफ्स्कूनको साझेदारीमा २०८१ बैशाख २१ गते एक दिवसीय साकोस जोखिम विश्लेषण कार्यशाला गोष्ठी (SARAW)संघका अध्यक्ष श्री दिपक पनेरूज्यूको अध्यक्षता तथा सेवा कार्यालय कलंकी ब्यबस्थापन उपसमिति सदस्य श्री दमोदर लम्सालको आतिथ्यतामा सेवा कर्यालय कलंकीमा सम्पन्न भएको थियो ।

उद्घघाटन सत्रमा स्वागत मन्तव्य राख्दै अतिथि लम्सालले साकोसमा रहेको जोखिम पहिचान गरि समाधानको पहल कदमी अपनाउन र सस्थाको जोखिम विश्लेषण गर्दै आइपर्ने समस्य र चुनौतीमा संस्थालाई सक्षम सबल बनाउनु पर्ने हामी सबैको महत्त्वपूर्ण योगदान रहने हुँदा संचालक समिति, लेखा सुपरिवेक्षण समिती, उपसमिति र ब्यबस्थापन संस्थाको उद्देश्य प्राप्तिमा लाग्न अनुरोध गर्नुभएको थियो ।

संघका अध्यक्षज्यूले कार्यशालामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै साकोसले बर्तमान अवस्थामा सामना गर्नुपरेको समस्या प्रति अन्तर्कृयात्मक छलफलमा समाबेश भइ संचालक समितिको संरचना, दायित्व माथि प्रष्ट पार्दै सदस्य को सम्बन्धलाई निरन्तरता दिई सदैव सदस्यको बिश्वास जित्न आग्रह गर्नुभएको थियो । सहकारी ऐन नियमावलीमा रहेर निर्णय र कार्यसम्पादन गर्नुपर्ने बताउदै क्षमतावान कर्मचारी बनाउन साकोस लागिपर्ने बताउनु भएको थियोे । नेफ्स्कून र कास्कून मार्फत संस्था निरिक्षण र सुपरिवेक्षण गरि जोखिम न्यूनीकरण गर्न संस्थाहरु स्तरीकरण कार्यक्रममा समेत आबद्ध हुन आग्रह गर्नुभएको थियोे र आवश्यक पर्दा संघको सहयोग लिन समेत सुझाव राख्नु भएको थियो । संघका ब्यबस्थापक अरुण कुमार तिवारीले सहजीकरण गर्नुभएको उक्त कर्याशाला गोष्ठी संघका अधिकृत सविना न्यौपानेले संचालन गर्नु भएको थियोे ।

सुशासनयुक्त साकोस निर्माणमा सबै लाग्नुपर्छ

चैत्र २, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को आयोजना र नेफ्स्कूनको साझेदारीमा २०८० चैत्र २ गते साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न भएको छ । नेफ्स्कून तालिम हल चाबहिलमा संचालित कार्यशालामा संघकी उपाध्यक्ष बिनिता अधिकारीको अध्यक्षता र नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीको सहजीकरण रहेको थियो भने सदस्य सेवा कार्यालय चाबहिलकी ईन्चार्ज राधा कुमारी पोखरेल तथा कास्कूनका व्यवसाय सहायक बिश्वास पौडेलको समेत उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएकी अधिकारीले सहकारी ऐन, नियमावलीमा आधारित भई संस्थाको विनियम र आन्तरिक कार्यविधि मार्फत संस्थालाई संचालन गर्नुपर्ने र सहकारी सिद्धान्तको व्यावहारिक प्रयोगमा लाग्नु पर्ने बताउनुभयो । सदस्यहरुको बचतको सुरक्षा गरी प्रभावकारी ऋण परिचालन मार्फत स्थानीय उद्यमशीलता र रोजगारी प्रवद्र्धनको माध्यमबाट वित्तीय जीवन सुरक्षित र समृद्ध बनाउन उहाँले आग्रह गर्नुभयो । सदस्यहरुको लगानीको बचत र प्रतिफलका लागि सुशासन युक्त साकोस निर्माण गर्ने संस्थाका सबै पक्षले जिम्मेवारीलाई आत्मसाथ गरी लाग्नु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा नेफ्स्कूनक चाबहिल सदस्य सेवा कार्यालयकी इन्जार्च पोखरेलले सहकारीका जोखिमका क्षेत्रहरुको विश्लेषण र समाधानका उपायहरु समेत पहिचान गर्ने कार्यक्रम रहेकोले यसलाई विशेष बनाउन सहभागीहरुसमक्ष अनुरोध गर्नु भएको थियो ।

सहभागी साकोसहरुबाट प्राप्त विवरणहरुका आधारमा संस्थाको जोखिमस्तर पहिचान गर्नुका साथै आगामी रणनीतिका विषयमा नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनालीले सहजीकरण गर्नुभएको थियो ।