कास्कूनमा स्वागत छ
संक्षिप्त परिचय
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) काठमाडौं जिल्लामा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्ला विषयत संघ हो । २०५९ श्रावण १० गते ८ वटा तत्कालिन नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोबार गर्न मान्यता प्राप्त ८ वटा सहकारी संस्थाका १२ जना अभियन्ताहरुबाट रवि शम्शेर ज.ब.रा अध्यक्ष रहने गरी संघ दर्ता गर्न तदर्थ समिति गठन भएको थियो । उक्त तदर्थ समितिको अग्रसरतामा तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५९ असोज २४ गते संघ दर्ता भएको हो । संघले स्थापना कालदेखि नै अभियानको अभिभावकिय भूमिका निर्वाह गर्दै सदस्य संस्थाहरुको क्षमता विकास, बहस पैरवी, तालिम शिक्षा, वित्तिय समाधान र स्तरीकरणका कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
सूचना
कर्बस उपत्यका समूहको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न ।
मिति २०८०/माघ/१८ गते बिहिबारका याङरिमा साकोस गोकर्णेश्वोर ६ नारायणटार काठमाडौको आयोजनामा कर्बस उपत्यका समुहको १४ औ कार्यकुशलता तथा सिकाइ व्यस्थापन व्यस्थापन कार्यशाला 14th PALM Workshop कार्यक्रम याङरिमा हिल सिटी होटेल जोरपाटीमा सम्पन्न भएको छ।आयोजक याङरिमा...
सुशासनयुक्त साकोस निर्माणमा सबै लाग्नुपर्छ
चैत्र २, काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को आयोजना र नेफ्स्कूनको साझेदारीमा २०८० चैत्र २ गते साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न भएको छ । नेफ्स्कून तालिम हल चाबहिलमा संचालित कार्यशालामा संघकी उपाध्यक्ष बिनिता अधिकारीको अध्यक्षता र...
अध्यक्षबाट सन्देश
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले जिल्लामा अभियानको अभिभावकिय भूमिका निर्वाह गर्दै सदस्य संस्थाहरुको क्षमता विकास, बहस पैरवी, तालिम शिक्षा, वित्तिय समाधान र स्तरीकरणका कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
सहकारी संस्थाहरुको दर्ता र संचालनको हिसाबले काठमाडौं सबै भन्दा बढी सहकारी घनत्व भएको जिल्ला हो । अधिकांश संस्थाहरुको मुख्य कार्यालय हुनुका साथैै मोफसलका धेरै संस्थाहरुको सेवा कार्यालय यहाँ रहेका छन । संघमा आवद्ध ८९५ बचत तथा ऋण सहकारी संस्थाहरुमा १० वटा भन्दा बढी अर्व बढी व्यवसायिक कारोबार गर्दछन । केन्द्रीय संघबाट संचालित एक्सेस, प्रोबेसन र जोखिममा आधारीत साकोस सुपरिवेक्षण कार्यक्रम (कर्वस) मार्फत संस्थालाई सुशासनका नविन अवधारणामा आधारीत भई संचालन गर्ने संस्थाहरु १५० भन्दा बढी छन ।
यतिबेला सहकारी अभियान कोभिड १९ को प्रभाव, रुस–युक्रेन युद्धबाट सिर्जित अवस्थाको प्रभाव स्वरुप त्रसित रहेको छ । सहकारी ऐन २०७४, नियमावली २०७५, बागमती प्रदेश सहकारी ऐन र नियमावली २०७६ र मापदण्ड २०७७ को कार्यान्वयन फितलो हुन गई केही सहकारी संस्थाहरु गैर वित्तीय कारोबारमा संलग्न हुँदा आज सिङ्गो सहकारी क्षेत्रमाथि विश्वासको संकट पैदा भएको छ । तथापी सहकारी संस्थाहरुले आम जनमानसमा सहकार्य, वित्तीय शिक्षा, बचत गर्ने बानिको विकास, व्यवसायिक सक्षमताका लागि ऋण सापटी प्रदान गरि आर्थिक जिवन स्तर वृद्धि गर्ने सवालमा सहकारी क्षेत्रको योगदान अतुलनीय रहेको कुरा हामिले विर्सनु हुन्न ।
“गुणस्तरीय सेवा सहितको उत्कृष्ट संघ” परिकल्पना साकार पार्न ‘एकका लागि सबै र सबैका लागि एक’ को मर्म अनुरुप सदस्य संस्थाहरुको सक्षमता विकासका लागि संघले विकास गर्ने वस्तु तथा सेवाहरु, तय गर्ने नीति तथा कार्यक्रम, बहस पैरवी, तालिम तथा शिक्षामा सदस्य संस्थाहरुको सहभागिताले संघको सेवा प्रवाहमा विशिष्टीकरणको आवश्यतालाई उच्च प्राथमिकता दिएको पाउन सकिन्छ । संघको यहाँ सम्मको यात्राका सार्थक बनाउन सबै सदस्य संस्थाहरुको साथ, सहकार्य, सहभागिता र पहलकदमी अपरिहार्य रहने हुँदा रचनात्मक सुझावको लागि पनि हार्दिक आह्वान गर्दछु ।
अन्त्यमा, काठमाडौंको सहकारी आन्दोलनलाई घनिभुत बनाउन सक्रिय साथ दिने सदस्य संस्थाहरु, जिल्लाका ११ वटै स्थानिय सरकारहरु, जिल्ला सहकारी संघ लि.काठमाडौं, प्रदेश संघहरु, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघको मार्गदर्शन संघका अमुल्य सम्पत्ति हुने छन ।
व्यवस्थापनको प्रतिबद्धता
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को व्यवस्थापनमा उपस्थितीको हिसाबले ६ वर्षे अनुभव प्राप्त भएको छ । संघले व्यवसायिकताको अभ्यास सुरु गरेदेखि नै जिल्लामा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई संघमा आवद्ध गराई वित्तीय तथा गैह्र वित्तीय सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
संघले हाल ५ वर्षे रणनीतिक योजना निर्माण गरी चालु आर्थिक वर्षबाट कार्यान्वयन भईरहेको छ । व्यवस्थापन प्रमुखको हैसियतमा म संघले सदस्य संस्थाहरुका लागि वित्तीय तथा गैर वित्तीय सेवा मार्फत संस्थागत सक्षमता प्रदान गर्ने कुरामा विश्वस्त गराउन चाहन्छु । हामीलाई विश्वास छ संघले उपलब्ध गराउने बचत र ऋणका सेवा तथा उत्पादनहरु, विषयगत तालिम तथा शिक्षा, योजना निर्माण तथा नीति कार्यविधि निर्माणको प्राविधिक सहयोगले संस्थाको सक्षमता विकासको जगमा इटा थप्ने छ ।
ब्लग/समाचार
No Results Found
The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.


