ल्गुण १७, काठमाडौं । कास्कूनले एक दिवशीय नगद परिचालकहरुको क्षमता विकास तालिम सम्पन्न गरेको छ । नेफ्स्कून–कास्कून साझेदारी कार्यक्रम अनुरुप काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को आयोजनामा २०८० फल्गुण १७ गते सामाखुसी, काठमाडौंमा संचालित तालिममा २७ जनाको सहभागिता रहेको थियो ।
समापन सत्रमा संघका उपाध्यक्ष विनिता अधिकारीज्यूको अध्यक्षता, कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारी, व्यवसाय सहायक बिश्वास पौडेलको उपस्थिती रहेको थियो ।
समापन सत्र मन्तव्य राख्दै व्यवस्थापकज्यूले नगद परिचालक वित्तीय संस्थाको यस्तो कर्मचारी हो जो सबै भन्दा पहिला र धेरैपटक सेवाग्राहीसँग भेट गर्दछ र उनिहरुका व्यवहार झेल्दछ । साकोसहरुको आवश्यकता समाधान केन्द्रको रुपमा जिल्ला बचत संघलाई लिन र सोही अनुसार आवश्यक सहयोग संघसँग माग गर्नु हुन अनुरोध गर्नुभयो । साथै सहभागीहरुलाई आवश्यक पर्ने तालिमहरु कास्कूनका कार्यालयहरु मार्फत माग गर्न समेत अग्रह गर्दे तालिममा सिकेका कुराहरुलाई साकोसमा लागु गर्न अनुरोध गर्नुभयो ।
तालिम समापन सत्र मन्तव्य राख्दै अध्यक्ष अधिकारीले तालिममा सहभागीहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दै सदस्य सम्बन्धलाई महत्व नदिने संस्थाले आफ्नो वृद्धि गर्न सम्भव छैन, सदस्य सम्बन्धलाई महत्व नदिने संस्था दिगो हुनै सक्दैन तसर्थ सदस्यहरुको लगानीको बचत र प्रतिफलका लागि सुशासन युक्त साकोस निर्माण गर्ने सहकारीका सबै पक्षले जिम्मेवारीलाई आत्मसाथ गरी लाग्नु पर्ने बताउँदै तालिमबाट सिकेका कुराहरु प्रभावकारी बनाउनका लागि त्यसको कार्यान्वयन नै महत्वपूर्ण स्थान रहेको भन्दै कार्यान्वयनका लागि शुभकामना दिँदै तालिम कर्मचारीहरुको क्षमता विकासमा महत्वपूर्ण रहँदै आएको चर्चा गर्नुभयो साथै सहजकर्ता र सहभागी सबैलाई धन्यवाद दिँदै तालिम समापन भएको बताउनु भएको थियो ।
कार्यक्रममा अतिथिज्यूहरुले संयुक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । तालिमको सहजीकरण संघका तालिम अधिकृत लव सिंखडाले गर्नुभएको थियो भने संचालन गोंगबु सेवा कार्यालय प्रमुख दिनेश रोक्काले गर्नु भएको थियो ।
