परिचय
संघको पृष्ठभूमि:
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) काठमाडौं जिल्लामा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्ला विषयत संघ हो । २०५९ श्रावण १० गते ८ वटा तत्कालिन नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोबार गर्न मान्यता प्राप्त ८ वटा सहकारी संस्थाका १२ जना अभियन्ताहरुबाट रवि शम्शेर ज.ब.रा अध्यक्ष रहने गरी संघ दर्ता गर्न तदर्थ समिति गठन भएको थियो । उक्त तदर्थ समितिको अग्रसरतामा तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५९ असोज २४ गते संघ दर्ता भएको हो । संघले स्थापना कालदेखि नै अभियानको अभिभावकिय भूमिका निर्वाह गर्दै सदस्य संस्थाहरुको क्षमता विकास, बहस पैरवी, तालिम शिक्षा, वित्तिय समाधान र स्तरीकरणका कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
काठमाडौं जिल्लाका ११ वटै स्थानिय तहमा संचालित बचत संचालित बचत ऋण सहकारी संस्थाहरु मार्फत २०८१ आषाढ मसान्त सम्म ८६६ संस्थाहरु मार्फत १ अर्व ४१ करोड भन्दा बढी पुँजी परिचालन गरी आफ्ना सदस्य संस्थाहरुको वित्तिय समाधानको लागि प्रयासरत रहेको छ । वित्तीय संघ हुनुको नाताले सदस्यहरुसंग वित्तीय तथा गैर वित्तीय सेवा (बचत तथा ऋणको कारोबार) प्रदान गर्दै आईरहेको छ । यसका साथै नीतिगत पहल कदमी, सदस्य संस्थाहरुको क्षमता विकास (नियमित तालिम /शिक्षा), विषयगत अन्तरक्रिया, केन्द्रीय संघसंगको साझेदारीमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम, रणनीतिक तथा वार्षिक योजना र नीति तथा कार्यविधि निर्माणमा प्राविधिक सहयोग गर्दै आईरहेको छ ।
१९औं वार्षिक साधारण सभाबाट २०७९ माघ २१ गते सम्पन्न संचालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन पश्चात उल्लेखित परिकल्पना र ध्येय तय गरि चालु आर्थिक वर्ष २०८०/०८१ देखि लागु हुने गरी ५ वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्व्यन भईरहेको छ ।
संघको परीकल्पना : गुणस्तरीय सेवा सहितको उत्कृष्ट संघ
ध्येय : जिल्ला भित्रका सदस्य संस्थाहरुलाई वित्तीय एवम् गैरवित्तीय सेवाहरु प्रदान गरी संघलाई प्रतिस्पर्धि एवम् दीगो बनाउने ।
संघका उद्देध्यहरु :
क. सहकारीका मूल्य मान्यता एवम् सिद्धान्तको पालना गर्दैै सदस्य संघसंस्थाहरुको विकास, प्रर्वद्धन, सम्वद्र्धन एवम् विस्तार गर्ने,
ख. सदस्य संघसंस्थाहरुको हकहितका लागि बहसपैरवी, सहकारी शिक्षा, तालिमको आयोजना गर्ने,
ग. सदस्य संस्थाहरुको संस्थागत विकास तथा संस्थागत सुशासन कायम गर्नका लागि निरन्तर अनुगमन, प्रशिक्षण तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने,
घ. जिल्ला भित्रको बचत तथा ऋण सहकारी अभियानलाई प्रभावकारी ढंगमा अगाडि बढाउनका लागि सबै स्थानीय तह, प्रदेश तथा राष्ट्रियस्तरका संघसंस्था तथा सम्बन्धित निकायहरु बीच समन्वय एवम् सम्बन्ध कायम गर्ने,
ङ. बचत तथा ऋण (सदस्यहरु बीच अन्तर लगानी वा बचत संकलन र ऋण लगानी) कार्यक्रमको माध्यमबाट सदस्यहरुलाई आर्थिक रुपमा सवल बनाउने र अन्तर सहकारी कारोबार सञ्चालन गर्ने,
च. सदस्य संस्थाहरुको माध्यमबाट व्यक्ति, समुदाय, समाज र राष्ट्रको आर्थिक, सामाजिक, साँस्कृतिक एवम् वातावरणनीय विकासका लागि सहयोग पु¥याउने,
छ. संघको आवश्यकता र क्षमताका आधारमा माथिल्ला संघ तथा बैंक वित्तीय संघसंस्थाहरुमा वित्तीय लगानी गर्ने तथा उनीहरुसंग ऋण लिई परिचालन गर्ने,
ज. विषयगत संघहरु वा सहकारी महासंघ एवम् सहकारी बैंकसंग सञ्जाल सहकार्य गर्ने,
