मिति २०८०/माघ/१८ गते बिहिबारका याङरिमा साकोस गोकर्णेश्वोर ६ नारायणटार काठमाडौको आयोजनामा कर्बस उपत्यका समुहको १४ औ कार्यकुशलता तथा सिकाइ व्यस्थापन व्यस्थापन कार्यशाला 14th PALM Workshop कार्यक्रम याङरिमा हिल सिटी होटेल जोरपाटीमा सम्पन्न भएको छ।आयोजक याङरिमा साकोसका अध्यक्ष श्री निर्मल कुमर बन्जाराको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति नेफ्स्कून अध्यक्ष श्री चन्द्र प्रसद ढकाल, विशेष अतिथि कास्कूनका अध्यक्ष श्री दीपक पनेरू तथा कास्कूनका व्यवस्थापक श्री अरुण कुमार तिवारी अतिथि रहनु भएको थियो ।
कार्यक्रमकको अतिथि तिवारीले उपस्थित सम्पुर्णमा धन्यवाद दिदै कर्बस कार्यक्रमको महत्व र यो कार्यक्रममा आवद्ध भए पश्चात संस्थाको जोखिम विश्लेषण , वित्तीय र सुशासन पाटोमा आउने सुधारका विषय समेटेर विशेष गरि संचालन जोखिम रहेर हाल संस्था संचालनमा आउने समस्या र निराकरण उपायहरु बारे आफ्नो धारणा राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि पनेरुले कार्यक्रममा उपस्थित सम्पुर्ण साकोसका प्रतिनिधिहरु प्रति हार्दिकता प्रकट गर्दै, सहकारी अभियानमै देखिएको समस्या न्यूनीकरण गर्न स्तरीकरण कार्यक्रमहरुले सहजीकरण गर्ने जानकारी गराउदै, नेफ्स्कून द्वारा जिल्ला संघको साझेदारीमा संचालित CURBS कार्यक्रमको पृष्ठभुमि बारे जानकारी समेत गराउनु भएको थियो। अध्यक्ष पनेरूले यो कार्यक्रम पुर्ण रुपमा सुशासन सङ सम्बन्धित भएको कारण स्वनियमन्मा नरहने संस्थाहरुलाई असहज र झन्झटिलो लाग्नु स्वभाविक हो र यस बाट बाहिरिएर समस्या समाधान हुने हैन झन समस्या सृजना हुने हुदा, आबद्ध सम्पुर्ण संस्थाहरुलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको थियो ।
तेस्तै नेफ्स्कूनका अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि ढकालले उद्घाटन सत्रमा सहभागी संस्थाका प्रतिनिधिहरुले सहकारी संचालनमा परेका समस्या सहित राखेका जिज्ञासाको जबाफ दिदै यस्तो असल सिकाइ तथा संस्था संचालन असल अभ्यासहरु साटासाट गर्ने खालको कार्यक्रमले कार्यक्रमको आवस्यकता रहेको बताउदै, हाल सहकारी अभियानमा देखा परेका संकट निराकरण गर्ने बताउदै आगामी दिनमा सबै संस्थाहरुले सदस्य केन्द्रित योजना तयार गरि सदस्य माझ जनु पर्नेमा जोड दिनु भयो ।
कर्बस उपत्यका समुहमा आबद्ध काठमाडौंका आयोजक याङरिमा, नवदिप ज्योती महिला उत्थान , गितानञ्जली महिला, हाम्रो समावेशी, शिवम र औधोगिक साकोस गरि ६ वटा र नालाछाप प्रगतिशील साकोस गरि जम्मा सात वटा साकोसका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
आयोजक संस्थाको सचिव पासाङ नोर्बु लामाले संचालन गर्नु भएको कार्यक्रमको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत सन्दिप राज ढकाल र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले संयुक्त रुपमा गर्नु भएको थियो ।
