ऋणको सेवाहरु
क.आवधिक बचत धितोमा ऋण लगानीः
यस ऋण सेवाका विशेषताहरु:
- आवधिक बचत खातामा रहेको बचत रकमको ९० प्रतिशत सम्म लगानी गर्न सकिने ।
- आवधिक बचतको बाँकी अवधि सम्मका लागि गरिने ।
- आवधिक बचत रकममा दिईको भन्दा थप २ प्रतिशत ब्याज लाग्ने ।
- आवधिक बचतको निस्सा स्वारुप आवधिक रसिद उपलब्ध गराईने ।
- ऋण व्यवस्थापन शुल्क नलाग्ने ।
ख.कास्कून व्यवसायिक ऋण :
यस ऋण सेवाका विशेषताहरु:
- सदस्य संस्थाहरुलाई ५ वर्ष अवधि सम्मका लागि लगानी गरिने ऋण ।
- ऋणको मासिक रुपमा साँवा र ब्याज भुक्तानी गर्नु पर्नेछ ।
- नियमित रुपमा किस्ता भुक्तानी गरेको अवस्थामा ब्याज रकममा ५ प्रतिशत छुट उपलब्ध गराईनेछ ।
- यस ऋणका लागि खाम्ने पर्याप्त धितो लेखिदिनु पर्नेछ ।
- ऋण व्यवस्थापन शुल्क ०.५ प्रतिशत लाग्नेछ ।
ग.साकोस व्यवस्थापन ऋण :
यस ऋण सेवाका विशेषताहरु:
- सदस्य संस्थाहरुलाई १ देखि ३ वर्ष अवधि सम्मका लागि लगानी गरिने ऋण ।
- ऋणको मासिक रुपमा साँवा र ब्याज भुक्तानी गर्नु पर्नेछ ।
- नियमित रुपमा किस्ता भुक्तानी गरेको अवस्थामा ब्याज रकममा ५ प्रतिशत छुट उपलब्ध गराईनेछ ।
- ऋण व्यवस्थापन शुल्क ०.७५ प्रतिशत लाग्नेछ ।
